राति सुरु भएको आतंकवादी र सुरक्षा बलबीचको मुठभेड आज पनि जारी

सफल खबर संवाददाता

मंगलबार, २८ असार २०७९, १२ : १५
राति सुरु भएको आतंकवादी र सुरक्षा बलबीचको मुठभेड आज पनि जारी

काठमाडाैँ । जम्मु–काश्मीरको सोपियान जिल्लाको रेबन क्षेत्रमा हिजो राति सुरु भएको आतंकवादी र सुरक्षा बलबीचको मुठभेड आज पनि जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी र सेना आतंकवादीहरूसँग डटेर मुकाबिला गरिरहेका तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको प्रहरीले  बताएको छ । 

अघिल्लो दिन पनि कैसर कोकाको रूपमा परिचित प्रतिबन्धित जसिह–ए–मोहम्मद (जेएम) आतंकवादी संगठनसँग आबद्ध  आतंकवादी अवन्तिपोरामा भएको मुठभेडमा फसेको काश्मिरका अतिरिक्त प्रहरी महानिरीक्षकले बताएका छन् । विशेष सूचनाको आधारमा संयुक्त खोज अभियानमा जुटेका प्रहरी, सेना र सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का जवानबीच भएको भिडन्तमा दुई जना आतंककारी मारिएका छन् । 

संयुक्त सुरक्षा फौजमाथि आतंककारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेपछि भएको जवाफी कारबाहीमा उनीहरू मारिएका हुन् । प्रहरी अभिलेखअनुसार मारिएका आतंककारीले प्रहरी, सुरक्षा बल र सर्वसाधारणमाथि धेरैपटक घातक हमला गरेका तथा उनीहरूको संलग्नता आतंककारी घटनामा रहेको थियो । 

सन् २०१८ देखि सक्रिय रहेका कैसर कोकाले पाकिस्तान गएर हतियार, गोलाबारुदको प्रशिक्षण लिएपछि काश्मीर उपत्यकामा प्रवेश आक्रमणमा गरेका थिए । मुठभेड स्थलबाट हतियार र गोलाबारुद बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस