एजेन्सी । रुसले अब सबै युक्रेनीलाई देशको नागरिकता दिने भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सबै नागरिकलाई रुसी नागरिकता दिने आदेशमा हस्ताक्षर गरेका छन्।
पुटिनले सबै युक्रेनीलाई रुसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेको विदेशी सञ्चारमाध्यमले जनाएका छन्। यो आदेश रुसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ।
यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दाहरूलाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गरेका थिए।
यसअघि यो युक्रेनको डोनेट्स्क र लुहान्स्कका जनतालाई मात्रै नागरिकता दिने सन्दर्भमा लागू भएको थियो। युक्रेनविरुद्ध युद्ध लड्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण लुहान्स्क र डोनेस्कलाई युक्रेनबाट स्वतन्त्र घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण