काठमाडौँ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई नामिबियाले मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले ४७.३ ओभरमा अलआउट हुँदै २२० रन बनाएको हो । नामिबियाका लागि जान निकोल लोफ्टी एटोनले सर्वाधिक अर्धशतकिय इंनिग्स खेले । उनले ६० रन जोडे ।
त्यस्तै, ओपनर डिभान ला ककले ४१ रनमा आउट हुँदा कप्तान गेर्हार्ड इरास्मसलाई २२ रन र क्रेग विलियम्सले २१ रन बनाए । लो हान्ड्री लरेन्स र डेविड विसे समान १८ रन तथा जेजे स्मिथ १७ रनमा पेभेलियन फर्किए ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, सोमपाल कामीले २ विकेट तथा करण केसी र दीपेन्द्रसिंह ऐरीको नाममा समान एकएक विकेट रह्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, १९ : १०
लेखकबाट थप