काठमाडाैँ । युवा क्रिकेटर बसिर अहमदले नेपालको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । नेपालले आइसिसी विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबिया विरुद्धको खेलमार्फत अलराउन्डर बसिरलाई अन्तर्राष्ट्रिय डेब्यु गराएको हो । योसँगै उनी नेपालको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गर्ने ३३ औं खेलाडी बनेका छनअघिल्लो वर्ष यू–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका बसिरका लागि गएको चैतमा रुपन्देहीमै आयोजित नेपाल प्रो क्लब च्याम्पियनसिपको प्रदर्शनले राष्ट्रिय टोलीसम्म पुर्याएको हो ।
रुपन्देही–११ का लागि मलेसिया–११ विरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका हुन् । त्यही प्रदर्शनका कारण नै उनलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइयो । बन्द प्रशिक्षणमा पनि अलराउन्डरको भूमिकामा राम्रो प्रदर्शन गरेका उनले राष्ट्रिय टिमबाट खेल्ने मौका पाएका थिए ।उनले यसअघि जिम्मबाबे ‘ए’ विरुद्ध नेपालको सिनियर टोलीबाट खेलको भए पनि त्यसले अन्तर्राष्ट्रिय मान्यता भने पाएको थिएन । बसिरले डेब्यु खेलमा नै ४ ओभरमा २२ रन खर्चेर दुई विकेट लिए । दोस्रो टि–२० को खेलमा एक विकेट लिए भने उनले तेस्रो क्रमका ब्याटिङ गर्दै १५ बलमा १० रन बनाए ।
बसिरले लुम्बिनी प्रदेशलाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता बनाउन पनि महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । स्कटल्याण्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, १५ : ४३
लेखकबाट थप