राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १४ : ०३
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग

cकाठमाडाैँ । राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग सरकारलाई बुझाएको छ । संगठनका प्रतिनिधिले सोमबार शिक्षामन्त्री देवेन्द्र पौडेलसँग सिंहदरबारमा भेट गरी शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएको हो । 

गत १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजनीतिक, समसामयिक र जनजिविकासँग सम्बन्धित २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्नो माग सम्बोधन गराउन १३ असारदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उसको भ्रातृ संगठनले पनि शिक्षासँग सम्बन्धित विभिन्न ११ बुँदे माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएको हो । 

प्रतिक्रिया दिनुहोस