काठमाडौं । धनकुटामा यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ परेका छन् । छात्रालाई यौन दुर्व्यवहारको आरोपमा देउराली माविका शिक्षक चन्द्रकुमार राई पक्राउ परेका हुन्।
उनीमाथि कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रालाई यौन दुर्व्यवहारको आरोप लागेको छ। उनीविरुद्व असार २६ गते उजुरी परेको थियो। असार २१ गते विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै शिक्षक राई फरार भएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, ११ : ०३
लेखकबाट थप