एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको छ  : मेयर दाहाल

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, १२ : १७
एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको छ  : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी छन ।ईदुल अज्हा बकरइद २०७९ को अवसरमा आज भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदन प्रदान कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन ।

विगतमा धर्म मान्ने जनसंख्याको आधारमा न्युन जनसंख्या भएका धर्मावलम्बीहरुलाई शासन गर्ने परिपाटी भएपनि अहिले त्यो अन्त्य भएर गएको उल्लेख गरिन् ।यो सबै परिवर्तन जनयुद्धको जगमा स्थापना भएको संघिय गणतन्त्रको सुन्दर पक्ष रहेको मेयर दाहालले दाबी गरिन् ।

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषण गरेसँगै सबै धर्मालम्बीहरु बीच धार्मिक सहिषुणता कामय भई भाईचारको सम्बन्ध स्थापित भएको उनको भनाई थियो ।‘यहाँ धर्मको आधारमा सानो ठूलो कोही छैन,उनले भनिन्,‘ सबै धर्म मान्नेहरु समान हुन् । के हिन्दु, के बौद्ध, के मुस्लिम, के ईसाई । सबै धर्मले दिने सन्देश एउटै हो ।’

भरतपुर महानगरपालिकाले मुस्लिम समुदायको अध्ययन र पुजा पाठको लागि मदरसा र मस्जित निर्माणका लागि वर्षेनी बजेट विनियोजन गर्दै आइरहेको पनि मेयर दाहालको भनाई छ । नेपाल बहुल भाषा, संस्कृति, धर्मको अनुपम स्थल हो, सबैले आफ्नो भाषा, संस्कृति, रितिरिवाजलाई स्वतन्त्र ढङगबाट मान्न पाउनुपर्ने उनको धाराणा थियो ।
 

प्रतिक्रिया दिनुहोस