विम्बल्डन टेनिसमा इलिना र ओन्सबीच प्रतिस्पर्धा हुँदै

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, १३ : ४६
विम्बल्डन टेनिसमा इलिना र ओन्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । वर्षको तेस्रो ग्रान्डस्लामको विम्बल्डन टेनिसको फाइनलमा महिला सिंगल्सतर्फ इलिना रेवाकिना र ओन्स जाबरबीच प्रतिस्पर्धा हुँदैछ ।

सेन्ट्रल कोर्टमा हुने खेलमा यी दुई मध्ये जो विजेता बने पनि विम्बल्डनले आज (शनिबार) नयाँ च्याम्पियन पाउनेछ ।ट्युनिसियन जाबर विम्बल्डन जित्दै ग्रान्डस्लाम जित्ने पहिलो अफ्रिकी खेलाडी बन्ने लक्ष्यमा रहेकी छन् । काजाकिस्तानकी रेवाकिना देशका लागि पहिलो उपाधि जित्ने सोचमा रहेकी छन् । बिहिबार भएको सेमिफाइनलमा रेवाकिना सिमोना हालेफलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् । उनले सेमिफाइनलमा हालेफलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरेकी थिइन् ।

त्यस्तै, जावरले सेमिफाइनलमा मारियालाई ६–२, ३–६ र ६–१ को नतिजामा हराउँदै फाइनलको यात्रा तय गरेकी थिइन् । जावर पहिलोपटक ग्रान्डस्लाम फाइनल पुगेकी हुन् । ओन्स जाबर सन् १९६० पछि मुख्य प्रतियोगिताको फाइनल पुग्ने पहिलो अफ्रिकी महिला खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस