अपहरण गरेको आरोपमा एक युवक पक्राउ

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, ११ : ३९
अपहरण गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । रौतहटमा ४ वर्षको बच्चा (बालिका) अपहरण गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बच्चा अपहरण गरी फोन गरेर अभिभावकसँग २० लाख फिरौती मागेको अभियोगमा प्रहरीले रौतहटको इशनाथ नगरपालिका वडा नं। ७ का २४ वर्षीय महमद अविर हुसैनलाई पक्राउ गरेको हो। 

रौतहट जिल्ला प्रहरी कार्यालयका अनुसार हुसैनले बिहीबार साँझ आफ्नै घरबाहिर खेल्दै गरेको अवस्थामा बालिका अपहरण गरेका थिए। सोही साँझ साढे ७ बजेतिर पीडितका आफन्तलाई फोन गरी २० लाख रुपैयाँ लिएर आफूले भनेको स्थानमा आउन भन्दै अन्यथा छाेरी मारिदिने चेतावनी दिएका थिए। 

यस विषयमा पीडित परिवारले उजुरी दिएपछि खोजीमा खटिएको प्रहरी टोलीले रौतहटको राजपुर नगरपालिका वडा १ बहुअर्वा मदरसाअगाडि सडक छेउमा रहेको गुम्ती पसलनजिक बाँसले बनाएको खाटमा सुताइराखेको अवस्था बच्चाको उद्धार गरेको हो। पीडितलाई बन्धक बनाई फिरौती रकम माग गर्ने हुसैनलाई त्यही दिनको राति ९ः४० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनले प्रयोग गरेको भारतीय नम्बर बीआर ०५ एएफ ०२८२८ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ। 

अभियुक्त हुसैनविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा रौतहट जिल्ला अदालतबाट शुक्रबार ५  को म्याद थप अनुमति घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस