कराँते विश्व प्रतियोगितामा नेपालका उज्जवल ठकुरीले काँस्य पदक जिते

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, ११ : ३१
कराँते विश्व प्रतियोगितामा नेपालका उज्जवल ठकुरीले काँस्य पदक जिते

काठमाडाैं । नेपालका उज्जवल ठकुरीले कराँते प्रतियोगितामा काँस्य पदक जितेका छन् । अमेरिकामा बस्दै आएका उनले ९ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड (विश्व कीर्तिमान) कायम गरेका हुन् । कराँते खेलाडी ठकुरीले कराँते विश्व प्रतियोगितामा (च्याम्पियन) काँस्य पदक समेत यस पटक जितेका छन् । उनले सिंगो अमेरिककाको प्रतिनिधित्व गर्दै उक्त पदक हात पार्न सफल भएका हुन् । अमेरिकाको फ्लोरिडा राज्यमा संचालन भएको विश्व कराँते प्रतियोगितामा उनी लगायत अन्य दुई खेलाडी सहितले समूह भिडन्त (कुमिते) मा तेश्रो स्थान हासिल गरेका छन् ।

अमेरिकामा १० औं डब्लूयुकेएफ वर्ल्ड कराँते च्याम्पियनसीप २०२२ फ्लोरिडाको फोर्थ लाउडरमा भएको थियो । यो खेल खेल्नको लागि अमेरिकाको दुई वटा राष्ट्रिय कराँते संघ मात्र छनौटमा परेका थिए । ठकुरीले युएसएकेएफएद्वारा (युनाइटेड स्टेट अफ अमेरिका कराते फेडेरेसन) खेलेका हुन् । एएयु र युएसएकेएफ दुई राष्ट्रिय संघ हुन् जसले अन्तर्राष्ट्रिय खेलाडी छनौट गर्ने अधिकार पाउँछ । ठकुरीले युएसएकेएफबाट अमेरिका देशको लागि विश्व च्याम्पियन खेल खेल्न अनुमति पाए थिए । कराँते खेलाडी ठकुरी दुई खेलमा छनौट भएका थिए ।

९ पटक विश्व कीर्तिमान ठकुरीसँग अमेरिकाबाट २ पटक विश्व च्याम्पियन खेलाडी क्रिस विल्क्स तथा हिसाओ ओसाको एकै टोलिमा थिए । खेल प्रतियोगतामा ३ खेलाडीहरुले काँस्य पदक पाएका थिए । यो खेलमा १ हजार ९ सय खेलाडीहरु सहभागी थिए भने ३४ राष्ट्रको सहभागिता थियो । डब्लूयुकेएस कराँते विश्व प्रतियोगिता प्रत्येक दुई वर्षमा हुनेगर्छ । ठकुरी ९ पटक विश्व कीर्तिमानी मात्र नभएर विश्व प्रतियोगता खेलमा काँस्य पदक हात पारि विश्व विजेता पनि बन्न सफल खेलाडी भएका छन् ।

प्रतिक्रिया दिनुहोस