मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९\८० को बजेट पारित गर्ने तयारी

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, १० : ०६
मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९\८० को बजेट पारित गर्ने तयारी

काठमाडौं । मधेश प्रदेश सरकारले शनिबार आगामी आर्थिक वर्ष २०७९\८० को बजेट पारित गर्ने तयारी गरेको छ। शुक्रबार विभिन्न मन्त्रालयका बजेटमाथिको छलफल सकिएसँगै शनिबार बजेट पारित गर्न लागिएको हो।

प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकबाट बजेट पारित गर्ने कार्यसूची रहेको जानकारी दिए प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्षका लागि गत असार १ गते ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको  बजेट प्रदेशसभामा पेस गरेका थिए।

प्रतिक्रिया दिनुहोस