आजको मौसम : यि प्रदेशहरुमा भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, ०७ : ४९
आजको मौसम : यि प्रदेशहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो देशका केही स्थानमा भारी वर्षाको स‌म्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागकाअनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो। 

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। साथै एक(दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस