उपत्यकामा दुई युवतीमाथि बलात्कार

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, १२ : ३४
उपत्यकामा दुई युवतीमाथि बलात्कार

काठमाडौँ । उपत्यकामा दुई युवतीमाथि बलात्कार भएको छ। २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलमा नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यस्तै,  ललितपुरमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-४ इमाडोल सेतीपाखा डेरा गरी बस्ने सप्तरी कन्चनरुप नगरपालिका-१० घर भएका २५ वर्षीय मोआत हुसेन र मरोङ बढिगंगा गाउँपालिका-५ घर भएका ३५ वर्षीय ईलिभास मिया रहेका छन्।

 उनीहरूले ती महिलालाई इमाडोल सेतीपाखास्थित निजहरूको डेरा कोठामा लगी आइतबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले दुवैजनालाई गोदावरी नगरपालिका-१ गोदामचौरबाट पक्राउ गरेको हो।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस