राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, १२ : १९
राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन्।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको  विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको  विधेयक प्रमाणीकरण भएका राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइसकेपछि राष्ट्रपतिबाट अन्तिम प्रमाणीकरण हुने व्‍यवस्था छ।

 

प्रतिक्रिया दिनुहोस