विम्बल्डनः चोटका कारण नाडालले नाम फिर्ता लिए

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, ११ : ०३
विम्बल्डनः चोटका कारण नाडालले नाम फिर्ता लिए

काठमाडौं । स्पेनिस टेनिस स्टार राफेल नाडाल पेटको चोटका कारण विम्बल्डनको सेमिफाइनलबाट नाम फिर्ता लिएका छन् । सेमिफाइनलमा शुक्रबार नाडालले निक किर्गियोसको सामना गर्ने तालिका थियो । 

बुधबार भएको खेलमा ३६ वर्षीय नाडालले फ्रिट्जसंग रोमान्चक ३-६ ७-५ ३-६ ७-५ ७-६ (१०-४) को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका थिए । 

अस्ट्रेलियन र फ्रेन्च ओपनका विजेता नाडालको वर्षको तेस्रो ग्रान्ड स्लाम जित्ने लक्ष्यले पूर्णता पाएन । नाडाल कीर्तिमानी २२औं ग्रान्ड स्लामका विजेता हुन् । नोभाक जोकोभिच र रोजर फेडेररको नाममा समान २० ग्रान्ड स्लाम छ ।

नाडालले नाम फिर्ता लिएसँगै किर्गियोस भने पहिलो पटक ग्रान्ड स्लामको फाइनलमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस