काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार भएको मतदानको आज शुक्रबार बिहान ११ बजेदेखि मतगणना हुने भएको छ। मतगणना भानोदय नमूना माध्यमिक विद्यालयमा हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए। सर्वदलीय बैठकको निर्णयानुसार ११ बजेदेखि मतगणना हुन लागेको हो।
मतगणनास्थलमा कडा सुरक्षा व्यवस्था गरिएको उनले बताए। मतगणना वडा नम्बर १ र १० बाट सुरू हुनेछ।झण्डै १३ हजार मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको छ।गत वैशाख ३० गते भएको निर्वाचनमा धाँधली रहेको निष्कर्षसहित निर्वाचन आयोगले पुन: निर्वाचन गराउने निर्णय गरेको थियो।
बुढीगंगामा एमालेबाट प्रमुखमा रामबहादुर बानियाँ र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन्। उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असार २०७९, १० : ५४
लेखकबाट थप