चितवनको महादेवटारबाट जङगलमा लुकाई राखेको ५० किलोग्राम गाँजा बरामद

हिरालाल आचार्य ‘डायमण्ड’

शनिबार, १९ जेठ २०७५, १८ : ५६
चितवनको महादेवटारबाट जङगलमा लुकाई राखेको ५० किलोग्राम गाँजा बरामद

चितवन । अस्थाई प्रहरी पोष्ट लोथरबाट खटीएको टोलीले जङगलमा लुकाई राखेको अवस्थामा ५० किलोग्राम अबैध लागु औषध  गाँजा बरामद गरेको छ ।
चितवन राप्ती नगरपालिका वडा नम्बर १ महादेवटार स्थित सामुदायिक वनमा लुकाई राखेको ५० किलोग्राम अबैध गाँजा शनिवार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  

दिउँसोको समयमा उक्त वनमा घाँस काट्न गएका स्थानियले जङगलमा गाँजाको पोका देखेपछि उनिहरुले प्रहरीलाई खबर गरेका थिए । ५ किलोग्राम तौल दरको १० वटा पोकामा भएको बरामद गाँजा इलाका प्रहरी कार्यालय भण्डारामा राखिएको प्रहरीले जनाएको छ । उक्त लागु औषध गाँजा सो स्थानमा लुकाई राख्ने व्यक्तिको खोजतलास गर्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस