काठमाडौं । कर्णाली प्रदेशका बालबालिकालाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन माग गरिएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद दुर्गा गुरुङले कर्णालीमा अझै पनि बालबालिकाले पाठ्यक्रपुस्तक नपाएकाले पाठ्यपुस्तक माग गरे । “कर्णालीका बालबालिकाले अझै पूर्णरूपमा पाठ्यपुस्तक पाउन सकेका छैनन्” उनले भने, “त्यसैले तत्काल पाठ्यपुस्तक उपलब्ध गराइयोस् भनी माग गर्दछु ।”
यस्तै उनले सुर्खेत नगरपालिकाका १६ वटै वडामा पक्की सडक बन्न नसकेको, पटक–पटक बिजुली जाने समस्या रहेको भन्दै यी विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराए। सांसद गुरुङले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर मल वितरण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद मोहम्मद खालिनले किसानलाई दू्रतमार्गमार्फत मलको व्यवस्था गर्नुपर्ने धारणा राखे । सांसद उदयबहादुर बोहराले गए राति करिब साँझ ८ बजे सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का स्थानीय व्यापारी विद्याभूषण डाँगीको घरमा बिजुली सर्ट भई घर र पसलमा क्षति भएकाले निजलाई क्षतिपूर्तिको माग गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २३ असार २०७९, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टर्की संसद्मा मन्त्री शपथ ग्रहणको क्रममा सांसदहरूबीच झडप, केही घाइते
यस्तो छ संसद्मा पहिलो पटक प्रधानमन्त्री कार्कीले गरेको सम्बोधनको पूर्णपाठ
संसद् विघटन नगर्न बिन्ती गर्दै सीके राउतले अघि सारे सातबुँदे प्रस्ताव
संसद्को लाइभ बन्द हुने
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
आज सङ्घीय संसद्का दुवै सदनकाे बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची