जुम्लामा चट्याङ लागेर एक युवाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २३ असार २०७९, ११ : ४४
जुम्लामा चट्याङ लागेर एक युवाको मृत्यु

काठमाडौँ । जुम्लामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । तिला गाउँपालिका ९ निवासी प्रेम बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीबाट ४ घण्टा पैदल यात्रा गरेर पुगिने उक्त स्थानमा घटना भएको हो ।

मालापानी घरबाट टाढा दुई किमी सिमी गोड्न गएका १८ वर्षका बुढाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए  ।उनका अनुसार पानी परेपछि उनी रुखको मुनि ओत लाग्न बसेका थिए । सोही स्थानमा चट्याङ परेको थियो । उक्त घटनापछि मध्यरात नै प्रहरी घटनास्थलमा पुगेको थियो। स्थानीयका अनुसार बुढाले बोकेको मोबाइलमा समेत क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस