अरिङगालले टोकेर बालकको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, २१ : १०
अरिङगालले टोकेर बालकको मृत्यु

सल्यान । सल्यानमा अरिङगालले टोकेर एक बालकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका-४ बस्ने ललित रानाका ७ वर्षीय छोरा देवदर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो बाख्रा चराउन घर नजिकै खेतबारीमा गएको बेला रानालाई अरिङगालले टोकेको थियो । रानाको सुर्खेतको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  बालक रानालाई धेरै वटा अरिङगालले एकै पटक टोकेका थिए ।

प्रतिक्रिया दिनुहोस