सिसिटिभी फुटेज डिलिट गरेको छैन : अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १६ : ३१
सिसिटिभी फुटेज डिलिट गरेको छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले सिसिटिभी फुटेज नगरेको बताएका छन। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले सिसिटिभी डिलिट गरेको भनेर भ्रम फैलाएको भन्दै आफूले कुनै पनि सिसिटिभी फुटेज डिलिट नगरेको बताए।

‘केही दिनअघि सिसिटिभी फुटेज डिलिट भ्रम फैलाइयो, त्यो होइन, कुन सिसिटिभीको क्षमता कति हुन्छ मैले कसरी थाहा पाउँछु ?’ उनले प्रश्न गरे, ‘मैले त्यसको जवाफदेहिता कसरी लिन सक्छु ?’

आफूले सिसिटिभी फुटेज डिलिट नगरेको र बजेट निर्माणको क्रममा कुनै पनि अनधिकृत व्यक्तिलाई पस्न नदिएको जिकिर गरे । बजेटले देशको आर्थिक अवस्थामा सुधार गर्ने उनको दाबी छ ।

अर्थ मन्त्रालयले केही दिनअघि मात्र सिसिटिभी फुटेज १३ दिनको मात्र रहने बताउँदै जेठ १४ गतेको फुटेज नभएको जनाएको थियो । अर्थमन्त्री शर्माले संसदीय छानविन समिति गठन भएकोप्रति आफू सकारात्मक भएको भन्दै एउटा मात्र नभएर आफू हजारौं छानविन समितिको सामना गर्न तयार रहेको बताए । उनले पटक–पटक आफूले गल्ती नगरेको दोहोर्‍याए ।

छानविन समितिलाई आफूले पूर्ण सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस