बागमती । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम आज दुई वटा विधेयक प्रमाणीकरण गरेका छन । उनले आर्थिक वर्ष २०७९÷८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन ।
बागमती प्रदेशसभाको यही असार १६ गते बसेको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपाधारा (२) बमोजिम सभामुखबाट सिफारिस ती विधेयकलाई प्रदेश प्रमुख शर्माबाट प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव कृष्णप्रसाद आचार्यले बताए ।
आर्थिक वर्ष २०७९÷८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले राजस्व सङ्कलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृधत प्रकाश चापागाईंले बताए।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २१ असार २०७९, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा