काठमाडौं । सिरहा र पाल्पामा डुबेर दुई बालकको मृत्यु भएको छ । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठा कोरियानी टोल बस्ने कासी रायको छोरा ७ वर्षीय करण कुमार रायको सोमबार डुबेर मृत्यु भएको छ ।
सोही ठाउँस्थित सहजा खोलामा नुहाउने क्रममा उनी डुबर बेपत्ता भएका थिए । प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब १ सय मिटर टाढा उनको शव फेला पारेको हो ।
पाल्पाको गुल्मी छ्त्रकोट गाउँपालिका–६ अर्चलेखेतस्थित रिडी नदीमा डुबेर रैनादेबी छहरा गाउँपालिका–३ छचुवा बस्ने पूर्ण बहादुर कुमालको छोरा ३ वर्षीय मनिस बहादुर कुमालको सोमबार मृत्यु भएको छ ।
डुबेर अचेत अवस्थामा भेटिएका उनको रैनादेवी गाउँपालिका–३ छचुवाबाट उद्दार गरी स्थानीय मेडिकल हुँदै थप उपचारको सोही गाउँपालिका–४ स्थित छहरा बजारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असार २०७९, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु
खोलामा डुबेर तनहुँमा बालकको मृत्यु
नदिमा डुबेर अत्तरीयामा एक बालकको मृत्यु
स्विमिङ पुलमा डुबेर पोखरामा बालकको मृत्यु
गोरखाको रानीपोखरीमा डुबेर एक बालकको मृत्यु
दाङमा खोलामा डुबेर बालकको मृत्यु