शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्न निगमको प्रस्ताव

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १८ : ४५
शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्न निगमको प्रस्ताव

काठमाडौं । नेपाल आयल निगमले शनिबार  गाडी रहित सार्वजनिक विदाको घोषणा गर्न प्रस्ताव गरेको छ । निगमले निरन्तर कम्पनी घाटामा रहेको र निकट भविष्यमै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने भन्दै शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्न प्रस्ताव गरेको हो ।यस्तै निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्न पनि प्रस्ताव गरेको छ । 

नेपाल आयल निगमले अब मोटरसाइकललाई एक पटकमा ५ लिटरमात्रै पेट्रोल दिन प्रस्ताव गरेको छ । निगमले निरन्तर कम्पनी घाटामा रहेको र निकट भविष्यमै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने भन्दै यस्तो प्रस्ताव गरेको हो ।

 निगमले सरकारलाई पठाएको पत्रमा पेट्रोल पम्पहरूले मोटर साइकललाई एकपटकमा ५  लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० लिटर मात्र ईन्धन बिक्री गर्न प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस