महिला साफ नेपालमा हुने

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, १९ : ५२
महिला साफ नेपालमा हुने

काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न साफ कंग्रेसले महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ १३ देखि २५ भदौसम्म नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको थियो । शनिबारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो ।

यस्तै यु–१७ साफ च्याम्पियनसिप श्रीलंकाले आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस