भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्छ  : महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, १७ : ३८
भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्छ  : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताएकी छिन । नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले भरतपुर गरेको नवनिर्मित ट्रस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले विगत ५ वर्षमा पनि सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढेको स्मरण गरिन् ।

मेयर दाहालले विगतमा राज्यद्धारा गरिएका थिचोमिचो, विभेद अन्य गर्न व्यवस्था परिवर्तनको लडाईमा होमिएकाले यसको मर्म अनुसार सबैलाई समान दृष्टिकोण राख्नुपर्ने उल्लेख गरिन् ।‘पहिचानको अधिकारका लागि लडेर आएका हौ,उनले भनिन्,‘संर्घषको फलस्वरुप व्यवस्था परिवर्तन भएको छ । अहिले राज्यको महत्वपूर्ण ठाँउमा सबै क्षेत्र, धर्म, वर्ग, समुदायको प्रतिनिधित्व भएको छ ।’

मेयर दाहालले अहिले मगर समुदायबाट राज्यको सम्माननीय पदको नेतृत्व  सम्हाली रहनु भएको बताइन। ‘उपराष्ट्रपति नन्द बहादुर पुन तपाईकै समुदायबाट हुनुहुन्छ, उनले भनिन्,‘सभामुख ओनसरी घर्ती हुनुभयो, उप्रधानमन्त्री रामबहादुर थापा हुनुभयो । अरु मन्त्रीहरु हुनुहुन्छ । यो पहिचानको लडाईले ल्याएको परिवर्तन हो ।’

मेयर दाहालले मगर समुदाय लगायत सबै समुदायको अधिकारका लागि महानगरपालिकाको अभिभावक भएको नाताले सधै साथमा रहने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

यसैबीच मेयर दाहालले भरतपुर १ मा रहेको नेपाल मगर संघ चितवन शाखाको सभाहलको उद्घाटन गरिन् । हल निर्माणका लागि महानगरले पाँच लाख साठी हजार सहयोग प्रदान गरेको थियो । सो अवसरमा मेयर दाहालले मगर संघको कार्यालयको थप स्तरोन्नतीका लागि महानगरपालिकाले बजेट विनियोजन गर्ने पनि प्रतिवद्धता गरिन्।