विम्बल्डन टेनिस भोलिबाट सुरु हुँदै

सफल खबर संवाददाता

आइतबार, १२ असार २०७९, १२ : ०३
विम्बल्डन टेनिस भोलिबाट सुरु हुँदै

काठमाडौं । वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन भोलि सोमबारबाट सुरु हुँदैछ । लण्डनको अल इंग्ल्याण्ड लन टेनिस कोर्टमा हुने प्रतियोगिताको लागि शिर्ष खेलाडीहरु तयार छन् ।

यस पटक विम्बल्डनको उपाधि दावेदारको रुपमा राफायल नादाललाई नोभाक जोकोभिचले टक्कर दिनेछन् ।आधुनिक टेनिसका सर्वाधिक सफल खेलाडी नादालले २२ वटा ग्राण्डस्लाम जितेका छन् भने जोकोभिचले २० उपाधि जितेका छन् ।

महिलातर्फ अमेरिकी खेलाडी सेरेना विलियम्स र पोल्याण्डकी इगा सिवाटेकलाई मुख्य दावेदारको रुपमा हेरिएको छ । गत वर्षको युएस ओपनमा सनसनी मच्चाएकी बेलायती खेलाडी इम्मा राडुकानु र ब्रिटिस खेलाडी एण्डी मरेलाई पनि विम्बल्डन टेनिसको आकर्षणको रुपमा हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस