देश विखण्डन गर्ने शक्तिलाई कडा कारबाही हुन्छ : गृहमन्त्री थापा

सुरेन कुँवर

बुधबार, १६ जेठ २०७५, १७ : ४१
देश विखण्डन गर्ने शक्तिलाई कडा कारबाही हुन्छ : गृहमन्त्री थापा

चितवन । नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापाले देशलाई विखण्डन तर्फ लौजाने शक्तिलाई प्रशासनिक कारबाही गरिने बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा प्रेस सेन्टर चितवन र प्रेस चौतारी चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री थापाले अहिले देशमा अस्थिरता फैल्याउने शक्तिलाई सरकारले राजनीतिक मुल प्रभावमा आउन आह्वान गरिएको जानकारी दिनुभयो । 
देशको स्थायित्वको लागि सरकारले सिके राउत लगाएतका शक्तिहरुलाई अपिल गरिसकेकाले अराजक गतिविधि , देश विखण्डन गर्ने कार्य गर्नेलाइ सरकारले कडा भन्दा कडा कारबाही गर्ने दाबी गर्नुभयो ।
विकास निमार्णको कार्यमा ढिला सुस्ती गर्नेलाई के गर्नु हुन्छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री थापाले विकास निमार्णको काममा ढिला सुस्ती गर्नेलाई ठोस रुपमा सरकारले कारबाही गर्ने अहिलेको बजेट तथा नीति कार्यक्रममा स्पष्ट पारिएको बताउनुभयो । 

विकास निर्माणको कार्यमा हुने ढिला सुस्ती ,भष्ट्रचार ,अनियमितालाई रोक्न सरकारले कठोर कदम लिने मन्त्री थापाको भनाई छ । 
पार्टी एकताको विषयमा बोल्दै मन्त्री थापाले केन्द्रिय रुपमा पाटी एकताको कार्य पुरा भईसकेको र केहि महिना भित्र तत्लो तहमा पनि एकता प्रकृया टुङगो लगाईने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस