मन्त्री अथकले गरे हजयात्रीलाई बिदाइ

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, ११ : ०१
मन्त्री अथकले गरे हजयात्रीलाई बिदाइ

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०४ हजयात्रीलाई बिदाइ‍ गरेका छन्।मन्त्री अथकले मंगलबार बिहान विभिन्न जिल्लाका हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन्।

मन्त्री अथकले आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजका लागि मक्का मदिना जान लागेका १०४ हजयात्रीहरूलाई दोसल्ला ओढाएर बिदाइ गरे।बिदाइ हुनेहरूमा बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हजयात्री तथा १ जना प्रतिनिधि रहेका छन्।

हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस