यस वर्ष विपद्बाट ७३ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, ०७ : ३८
यस वर्ष विपद्बाट ७३ जनाको मृत्यु

काठमाडौं । विभिन्न प्राकृतिक विपद्बाट यस वर्ष ७३ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी चट्याङबाट २७ जनाको मृत्यु भएको छ भने आगलागीबाट १५, जङ्गली जनावरको आक्रमणबाट १०, पहिरोबाट आठ, हुरीबतासबाट आठ, सर्पदंशबाट तीन र बाढीबाट दुई जनाको मृत्यु भएको जनाइएको छ । 

गत वैशाख १ देखि असार ५ गतेसम्म देशभरको विभिन्न विपद्का घटनामा परी घाइते हुनेको सङ्ख्या पनि निकै छ भने भौतिक सम्पत्तिको क्षयको यकीन विवरण आइसकेको छैन ।

प्रकोप पूर्वतयारी सञ्जाल (डिपिनेट) ले सञ्चारकर्मीका लागि आयोजना गरेको ‘पूर्वसूचना प्रणालीमा सञ्चारको भूमिका’ विषयक अन्तक्र्रियामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठनका पूर्वउपकूलपति  प्रा डा जीवराज पोखरेलले केही वर्षयता प्राकृतिक विपद्का घटना बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न मौलिक प्रविधिमा जोड दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस