मानसिक रूपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन : शिक्षामन्त्री पौडेल

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १५ : ३९
मानसिक रूपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।   ‘मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन, उनले भने, ‘प्रकृतिको नाशासाधन गर्नसक्दैनौं त्यसैले योग महत्वपूर्ण हो ।’ 

प्रकृतिले उपहार स्वरुप मानव जिवन दिएको बताउँदै  प्राप्तिका लागि तछाडमाछाड गरी हिँडिरहेको बताए । उनले प्रकृतिमा बाँच्नका निम्ति बनस्पती र प्रणालीलाई आफ्नै प्रकारका आवश्यक तत्वहरु उपलब्ध गराएको बताउँदै  प्रकृतिसँग समाउन सक्नुपर्नेमा जोड दिए । 

‘योग भन्ने बित्तिकै धर्मसँग जोडेर हेर्ने पश्चिमा संस्कृतिसँगको प्रचलन थियो । आज परिस्थति बदलिएको छ । योग भनेको मानव जीवनसँगै लगेर जाने हो’ उनले भने ।
‘पूर्वीय दर्शनमा सत्यम्, शिवम् सुन्दरम् भनेर पढ्छौं । आजभोलिको भौतिक जीवनमा समृद्धिको कुरा छ’ उनले भने, ‘आत्मक संमृद्धि प्राप्ति नहुँदासम्म भौतिक जीवनमा सत्यम्, शिवम् र सुन्दरम् फल्न, फक्रन सक्दैन ।’ 

मन, बचन र कर्ममा आनुभूती प्रकृतिले दिएको उपहारलाई ठिक तरिकाले ग्रहण गर्नका निम्ति शरीरलाई स्वस्थ राख्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस