अब बीमा गर्न पनि ऋण पाइने सुविधा !

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १४ : ५५
अब बीमा गर्न पनि ऋण पाइने सुविधा !

काठमाडौँ । बीमाका थुप्रै फाइदा हुँदाहुँदै पनि रकम अभावमा धेरै व्यक्तिहरू बीमाको पहुँचबाट बाहिर छन् । यसै अवस्थालाई अन्त्य गर्न भारतीय बीमा विनियामक एवं विकास प्राधिकरण (इरडा) ले ऋण दिने सुविधा ल्याउन लागेको छ ।

भारतमा एकमुष्ट रकम नभएका कारण बीमा गर्नबाट वञ्चित रहेकाहरूले अब ऋण लिएर बीमा गर्न पाउनेछन् । ऋण लिएर एकमुष्ट बीमा गर्ने र ऋणलाई किस्ता–किस्तामा तिर्ने सुविधा दिने तयारी छ ।ऋण योजना ल्याएर इरडाले बीमाको दायरा फराकिलो गर्ने लक्ष्य लिएको छ । 

ऋण सुविधा कार्यान्वयन गर्न इरडाले कानून संशोधनको तयारी गरेको छ । सरकार सहमत भएर कानून संशोधन पूरा भएपछि ऋण सुविधा लिन सकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस