संखुवासभाको खाँदबारी–६ मा पहिरोले घर पुर्‍यो

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १३ : ५९
संखुवासभाको खाँदबारी–६ मा पहिरोले घर पुर्‍यो

काठमाडौँ । जिल्लाको खाँदबारी नगरपालिका –६ सागममा पहिरोले एक घर पुरिएको छ। लगातार वर्षासँगै आएको पहिरोले गएराति खाँदबारी–६ सागममा स्थानीय पर्वत राईको घर पुरिएको हो।गएराति करिब साढे ८ बजे घर माथिबाट आएको पहिरोले  राईको घर पुरिएको खाँदबारी नगरपालिका–६ का वडाध्यक्ष अर्जुन तामाङले जानकारी दिए। मानवीय क्षति भने नभएको वडाध्यक्ष तामाङले बताए।

राईको परिवारले भागेर छाडेर ज्यान जोगाएका छन्। पहिरोबाट राईको परिवार विस्थापित भएका छन्। राईको परिवार छिमेकीको आश्रय लिएर बसेका छन्। पहिरोबाट लप्सेका आधा दर्जन घर जोखिममा परेको वडाध्यक्ष तामाङले बताए। क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन।  

पहिरोले बर्खे कल्छे, माल्टा,पांठा लगायतका स्थानमा लगाइएको बर्खे धानबालीसमेत पुरिएको छ। पहिरोले खाँदबारी –६ कल्छेबेशी रविन राईको १५ रोपनी खेत,६ वटा माछा पोखरी  पुरिएको छ।

पहिरोले देवेन्द्र घिमिरेको १५ रोपनी, प्रकाश पोख्रेलको १५ रोपनी धान खेत पुरिएको छ। त्यस्तै, चन्द्र कुमार मगरको २ रोपनी धान खेत, माछा पोखरी,सचिन राई,पदम मगर ३ रोपनी खेत पुरिएको छ। पहिरोले लाखौ रुपैयाँ बराबरको क्षति भएका वडाध्यक्ष तामाङले बताए। 

 

प्रतिक्रिया दिनुहोस