युएईका राजपरिवारका सदस्यको औपचारिक सबै कार्यक्रम सरकारले रोक्यो

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १२ : २२
युएईका राजपरिवारका सदस्यको औपचारिक सबै कार्यक्रम सरकारले रोक्यो

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका युएईका राजपरिवारका सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमका सबै औपचारिक कार्यक्रममा सरकारले रोक लगाएको छ ।

गृह मन्त्रालयको निर्देशनमा उनका औपचारिक कार्यक्रममा रोक लगाइएको हो । उनको निजी भ्रमण भएको हुँदा कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुनका लागि रोक लगाइएको हो । झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले दिएको जानकारीअनुसार राजपरिवारका सदस्यले मस्जिद उद्घाटनदेखि विभिन्न सार्वजनिक कार्यक्रममा भाग लिने तयारी थियो ।

नेपाल सरकारको अनुमतिबेगर उनी नेपाल आएको हुँदा सार्वजनिक कार्यक्रममा रोक लगाइएको बताइएको छ । झापामै उनले मस्जिद र विश्वविद्यालय शिलान्यास गर्ने कार्यक्रम रहेको थियो ।त्यसअघि शनिबार काठमाडौं ओर्लिएका राजपरिवारका ती सदस्यलाई भीभीआईपी कक्ष प्रयोग गर्न दिइएको थियो । दूतावासको अनुरोधमा दिइएको विमानस्थल प्रहरी स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस