काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब ईमिरेट्स (यूएई)को सारजहा जान लागेका एक यात्रु अवैध विदेशी मुद्रसहित पक्राउ परेका छन्। प्रहरीको विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउदी अरेवियन रियाल र अमेरिकी डलरसहित सारजहा जान लागेका यात्रु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भएका सुमन श्रेष्ठ छन्।
श्रेष्ठले बोकेको कालो रंगको साइड ब्याग चेक गर्ने क्रममा व्याग भित्र साउदी रियाल ६७ हजार र अमेरिकी डलर १ हजार फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ। पक्राउ परेका श्रेष्ठलाई बरामद मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक बुझाइएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, ११ : ५७
लेखकबाट थप