सोमबार यस्तो छ सुनचाँदीको मूल्य

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, ११ : ३७
सोमबार यस्तो छ सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबारको दिन छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने स्थिर रहदैं सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस