काठमाडौँ । बराहक्षेत्र नगरपालिका १ को बाघखोलाले अटो बगाउँदा एक युवतीको मत्यु भएको छ।आइतबार साँझ पौने ८ बजेचतराबाट धरान आउँदै गरेको को २ ह ८९८५ नम्बरको अटो बाघखोलाले बगाउँदा टेम्पोमा सवार बराहक्षेत्र नगरपालिका-१ की १७ वर्षीया स्टिफिना राई र चालक धरान- १७ का २२ वर्षीय राजु राई बेपत्ता भएका थिए।
इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा स्टिफिनालाई मृत अवस्थामा फेला पारेको हो। चालक राजुलाई भने सामान्य घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धरान पठाएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, १० : ५४
लेखकबाट थप