काठमाडौं । काठमाडौं महानगरपालिका ३ चप्पल कारखाना नजिकै गएराति टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । अन्दाजी ३० वर्षीय युवकको अझै सनाखत नभएको प्रहरीले जनाएको छ।
महाराजगंज चोकबाट धुम्बाराही तर्फ जादै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराति करिब ११ बजे पैदल हिँडिरहेका युवकलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका युवकलाई प्रहरीले उपचारको लागि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो।
अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। दुर्घटनापछि टिपर चालकलाई प्रहरी वृत्त महाराजगंजले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
छाेराकाे कुटपिटबाट ६० वर्षीय बाबुकाे मृत्यु
झापा कारागारका एक कैदीको मृत्यु
सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु