काठमाडौं । काठमाडौं महानगरपालिका ३ चप्पल कारखाना नजिकै गएराति टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । अन्दाजी ३० वर्षीय युवकको अझै सनाखत नभएको प्रहरीले जनाएको छ।
महाराजगंज चोकबाट धुम्बाराही तर्फ जादै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराति करिब ११ बजे पैदल हिँडिरहेका युवकलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका युवकलाई प्रहरीले उपचारको लागि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो।
अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। दुर्घटनापछि टिपर चालकलाई प्रहरी वृत्त महाराजगंजले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु