काठमाडौँ । नेपालका चार वटा प्रदेशमा मनसुनी वायुको असर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायु प्रभाव छ।
बाँकी क्षेत्रमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको छ। बिहान प्रदेश १, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको छ।
दिउँसो प्रदेश १, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। मंगलबार प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ। र, बाँकी प्रदेशका केही स्थानमा वर्षाको आकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा भारी वर्षाको सम्भावना