काठमाडौँ । मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई बलात्कार गरी फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका-१ का ३५ वर्षीय उमाशंकर गिरीलाई आइतबार सोही नगरपालिकास्थित छप्कैयाबाट पक्राउ गरेको हो।
पर्साका डिएसपी ओमप्रकाश खनालका अनुसार गिरीले २०६२ जेठ २ गते मध्यरातमा नामथर र ठेगानासमेत बताउन नसक्ने अवस्थामा रहेकी २६ वर्षीया महिलालाई बलात्कार गरी भागेका थिए।
प्रहरीको प्रतिवेदन जाहेरीअनुसार उनीविरुद्ध सरकारी वकिलले मुद्दा चलाएर जिल्ला अदालत पर्साले उनलाई सजाय तोकेको थियो। जिल्ला अदालतले २०७० जेठ १७ गते गरेको फैसलाले गिरीलाई ५ वर्ष कैदको सजाय तोकेको थियो।
सजाय कार्यान्वयनका लागि वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले गिरीलाई आइतबार बिहान ११ बजे छप्कैयाबाट नियन्त्रणमा लिई जिल्ला अदालतमा बुझाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, १७ : ३८
लेखकबाट थप