काठमाडौँ । विवेकशील साझाका पूर्व युवा संयोजक अब्दुस मियाँले काठमाडौं-६ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन्।
आफू आवद्ध विवेकशील साझा विघटन भइसकेको निष्कर्ष निकाल्दै उनले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन्। असार ११ गते औपचारिक रुपमा जानकारी दिने बताएका उनले भनेका छन्, 'महाधिवेशनसम्म पुग्न नपाउँदै अधिकांश संस्थापक सदस्यहरुले पार्टी परित्याग गरेको अवस्थामा अध्यक्ष समेतले राजीनामा दिएपश्चात विवेकशील साझा पार्टी विघटन भएको मेरो निष्कर्ष छ।'
नेपाललाई लोक-कल्याणकारी राज्यमा रुपान्तरण गर्ने उद्देश्यका साथ विगत ५ वर्षदेखि आफू वैकल्पिक राजनीतिक यात्रामा लागिरहेको उनले बताएका छन्। तर वैकल्पिक राजनीतिले खेप्नुपरेको आरोह अवरोहका कारण प्रतिबद्धता गरेअनुरुप सफलता प्राप्त गर्न नसकिएको बताउँदै उनले स्वतन्त्र बनाएको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, १५ : ५९
लेखकबाट थप