सरकारले एसपीपी लुकीछिपी अघि बढायो : खिमलाल देवकोटा

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, १५ : ५६
सरकारले एसपीपी लुकीछिपी अघि बढायो : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लुकीछिपी अघि बढाएको आरोप लगाएका छन ।आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकाटाले संसदबाट पारित गरिएको एमसीसी सम्झौंता पनि सरकारले त्यसै गरी अघि बढाएको उल्लेख गरे ।

उनले सरकार र अदालतले भने पारदर्शीता अपनाउन नपर्ने हो र रु भनि प्रश्न समेत गरे । राज्यका हरेक निकायलाई पेपरलेस सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै सांसद देवकोटाले सोही अनुसारको कामको व्यवस्था गर्न सरकारसँग माग समेत गरे ।

उनले काठमाडौं महानगरपालिका र धरान नगरपालिकाले आफ्नो बैठक समेत लाईभ गराएर पारदर्शीताको उत्कृष्ट नमूना प्रर्दशन गरेको भन्दै सोही अनुसारको काम सरकारले पनि गर्नुपर्ने बताए । सांसद देवकाटाले सरकारले आफना सबै निर्णयहरु वेबसाईटमार्फत् सार्वजनिक गर्नुपर्नेमा जोड दिए।

सांसद देवकोटाले पारदर्शीता नभएकै कारण सरकारका हरेक गतिविधिमा भ्रष्टाचार हुने गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस