जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, १४ : ४६
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौँ  । नवलपरासी (पूर्व) र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी(पूर्व)को विनयीत्रिवेणी गाउँपालिका–१ जैकुटीस्थित रिभर साईट पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा विन्दु कुमार श्रेष्ठ समेत ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ८ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ टुडा बस्ने फन बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ११ हजार ५ सय ५५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस