कञ्चनपुर । कञ्चनपुर र सुनसरीबाट तीन जनालाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाबाट करिब २ सय २० मिलिग्राम अवैध लागूऔषध कालो हेरोइनसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा टीकापुर नगरपालिका–९ बस्ने ३१ वर्षीय रबिन शाही र बेलडाँडी गाउँपालिका–२ ढकनिया बस्ने ६२ वर्षीय राजेन्द्र सिंह बिष्ट रहेका छन् । प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिओपि भुडाबाट संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली बस्ने रित बहादुर राईलाई करिव दुई किलो अवैध लागूऔषध गाँजासहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष ससूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद
लागूऔषधसहित युवक रौतहटमा पक्राउ