काठमाडौँ । संयुक्त अरब इमिरेट्सको दुबईका राजपरिवारका एक सदस्य र नेपालको बीएन्डसी अस्पताल प्रशासनबीच दुबईमा बीएन्डसी मेडिकल कलेज र नर्सिङ इन्स्टिच्यूट खोल्ने सहमति भएको छ।
बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा आयोजित एक कार्यक्रममा दुबईका राजकुमार शेख हम्दान बिन मोहम्मद बिन रसिद अल मक्तौम र बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंबीच आइतबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
दुबईका राजपरिवारका ती सदस्य बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको पेटको सिटी स्क्यान उद्घाटनमा झापा पुगेका हुन्। उनी नेपालको तीनदिने भ्रमणमा आएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, १३ : २८
लेखकबाट थप