डुम्रे–बेशीसहर सडकखण्डमा दुई ठाउँमा पहिरो

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, १२ : २२
डुम्रे–बेशीसहर सडकखण्डमा दुई ठाउँमा पहिरो

लमजुङ । डुम्रे–बेशीसहर सडकखण्ड अन्तर्गत आज दुई ठाउँमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ । सडकखण्ड अन्तर्गत तनँहुको भानु नगरपालिका–८ बलिफाँटमा आज बिहान सडक भाँसिदा सवारी आवागमन प्रभावित भएको हो । 

बिहानै बाट रोकिएको सवारी साधन पहिरो गएको आसपासमै रोकिएको प्रहरी चौकी पुर्कोटले जनाएको छ । यस्तै, डुम्रे–बेशीशहर सडकखण्ड अन्तर्गत लम्जुङको बेशिसहर नगरपालिका–१ उदिपुरमा पनि आज बिहान झरेको पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ । 

बिहान साढे ५ बजे अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको अस्थायी प्रहरी पोष्ट उदिपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस