काठमाडौं । एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना “एनएमबि डबल मुद्दती” र “एनएमबि जन्मभूमि डबल मुद्दती” सार्वजनिक गरेकोे छ । “एनएमबि डबल मुद्दती योजना” अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना पछि सो रकम डबल हुनेछ ।
त्यसैगरी, “एनएमबि जन्मभूममि डबल मुद्दती योजना” मा नेपालीहरुले वैदेशिक रोजगारिबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ । सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, ११ : २६
लेखकबाट थप