काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले शनिवार सुदूरपश्चिमकै ठूलो तथा प्रशिद्ध शक्तिपिठ बडिकेदारको पदमार्गको शिलान्यास गर्नु भएको छ । धर्म, संसकृति प्रति आस्थावान मन्त्री आलेले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रशिद्ध शक्तिपिठ यवम धार्मिक पर्यटकिय स्थल बडिकेदारमा तीर्थ यात्रीको सहजताका लागि निर्माण गरिने पदमार्ग तथा पुर्वाधार योजनाको शिलन्यास गर्नु भएको हो ।
उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले ९ करोड रुपैयाँ विनियोजन गरेसँगै असार ४ गते शिलान्यास गर्नु भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले जानकारी दिए । उनका अनुसार उक्त पदमार्गमा बिश्रामस्थल, सिडि तथा रेलिङ निर्माण गरिने छ । भक्तजन तथा दर्शनार्थीहरुको सहजताका लागि सो क्षेत्रमा पदमार्ग निर्माण गरिन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, ११ : १८
लेखकबाट थप