काठमाडौँ । नेपालमा यो पटक औसतभन्दा एक साता अघि नै मनसुन भित्रिए पनि अझै देशभर फैलन सकेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मात्र छ।
बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ। मनसुनी वायु गण्डकीभन्दा पश्चिम प्रवेश गर्न नसक्दा ती क्षेत्रमा अझै बर्खे झरी पर्न सकेको छैन। पूर्वी र मध्य नेपालमा भने नियमितजसो वर्षा हुने गरेको छ।
आइतबार बिहान पनि बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भएको छ। दिउँसो प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा वर्षाको आकलन गरिएको छ। बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा भारी वर्षाको सम्भावना