चितवन । चितवनको माडीमा घरभित्रको इनार सफा गर्ने क्रममा अक्सिजन नपुग्दा दुई युवकको मृत्यु भएको छ । माडी नगरपालिका-७ देवेन्द्रपुरमा रिता रेग्मीको घरको भित्र प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा अक्सिजन नपुगेर माडी ८ बस्ने ३० वर्षका शिव राई र २५ वर्षका सूर्य गुरुङको मृत्यु भएको हो ।
माडी-८ का गुरुङ इनार सफा गर्न इनारभित्र पसेकोमा केही समयपछि बोल्न नसकी हातले इशारा गरेपपछि सँगै काम गर्न गएका राई कम्मरमा डोरी बाँधेर उद्धार गर्न इनारभित्र पसेको थिए । राई डोरी चुडिएर खसेका थिए । अक्सिजन अभावका कारण दुवैको इनारभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनाको विषयमा प्रहरी चौकी कल्याणपुरमा जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट खटिएको प्रहरी टोलीलाई समेत अक्सिजनको कमीले उद्धारमा असहज भएको थियो । मृतकको शव पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असार २०७९, २१ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु
खोलामा डुबेर दाजुभाइको मृत्यु
वीरगन्जमा पौडी खेल्ने क्रममा डुबेर २ दाजुभाईको मृत्यु
टेक्सास गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु
पाँचथरमा एकै वर्षमा लडेर २५ जनाको मृत्यु